समाचार

अमेरिकामा हिमआँधीको उत्पात, जनजीवन ठप्प

अमेरिकामा हिमआँधीले त्रास मच्चाएको छ । शनिबारदेखि सुरु भएको आँधीले हजारौं उडान रद्द भएको, सडकहरूमा जमेको बरफले यातायात रोकिएको र विद्युत् आपूर्ति प्रभावित भएको छ।

मौसमविद् एलिसन सान्तोरेलीले चेतावनी दिनुभयो, “हिउँ र बरफ पग्लन ढिलो हुनेछ र यसले उद्धार कार्यलाई कठिन बनाउनेछ।”

अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्तीमा १२ राज्यका लागि आपतकाल घोषणा गर्नुभयो । संघीय आपतकालीन व्यवस्थापन एजेन्सीले विभिन्न राज्यमा आपतकालीन सामग्री, कर्मचारी र खोज तथा उद्धार टोलीहरू तयारी अवस्थामा राखेको छ। होमल्याण्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमले सबैलाई ‘सुरक्षित स्थानमा बस्न’ सल्लाह दिनुभयो।

लुइसियाना र टेक्ससमा विद्युत आपूर्ति बाधित

बरफ र भारी हिउँले प्रभावित क्षेत्रहरूमा एक लाख ४० हजारभन्दा बढी घरधुरीमा बिजुली आपूर्ति बन्द भएको छ। टेक्ससको शेबली काउन्टीमा बरफले रुखहरू भत्काउँदा करिब एक तिहाई विद्युत ग्राहक प्रभावित भए। लुइसियानाको डेसोटो पेरिशमा पनि रुख र चरिको झर्ने कारण आधाभन्दा बढी घरधुरीमा बिजुली पुगेको छैन।

उडानहरू रद्द

शनिबार र आइतवार अमेरिकाभर १३ हजारभन्दा बढी उडान रद्द भएका छन्। प्रमुख हवाईअड्डाहरूमा उडान सेवामा ठूलो अवरोध देखिएको छ, जसमध्ये डलास–फोर्ट वर्थ अन्तर्राष्ट्रिय हवाईअड्डामा ७०० भन्दा बढी उडान रद्द भएका छन्।

उत्तरी र मिडवेस्टमा अत्यधिक चिसो

मिडवेस्टमा हावाको चिसो -४० डिग्री फरेनहाइट (-४०° सेल्सियस) सम्म पुगेको छ। मिनियापोलिसमा प्रदर्शनकारीहरू -६ डिग्री फरेनहाइट (-२१° सेल्सियस) तापक्रममा निस्किएका थिए।

विद्यालय र सार्वजनिक कार्यक्रम रद्द

न्यासभिल, लुइसियाना, डलास, ह्युस्टन, फीलाडेल्फिया र मेम्फिसमा विद्यालय बन्द गरिएका छन्। ग्रान्ड ओले ओप्रीले शनिबारको प्रस्तुति दर्शकविहीन सम्पन्न गरेको छ। मौसमविद् जोश वीसले भने, “यस आँधीको विशेषता यसको व्यापक प्रभाव क्षेत्र र त्यसपछिको अत्यधिक चिसो हो।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.