नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० वरियताको अलराउन्डरतर्फ चौथो स्थानमा उक्लिएका छन् ।
अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आईसीसी)ले जारी गरेको नयाँ वरियतामा दीपेन्द्र चौथो स्थानमा रहेका हुन् । जारी टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका ऐरीको वरीयता दुई स्थान सुधार हुँदै चौथो स्थान कायम भएको छ । यसअघि गत महिना उनी अलराउन्डरतर्फ छैटौं स्थानमा रहेका थिए ।
आइसीसीले जारी गरेको वरियताअनुसार पाकिस्तानका साईम अयुब पहिलो स्थानमा, जिम्बावेका सिकन्दर राजा दोस्रो स्थानमा, भारतका हार्दिक पाण्ड्या तेस्रो स्थानमा रहँदा दीपेन्द्रसिंह ऐरी चौथों स्थानमा रहेका छन् । यस्तै पाँचौं नम्बरमा अफगानिस्तानका अज्मतुल्लाह ओमारजाई रहेका छन् ।
यसैगरी नेपालका कुशल भुर्तेल अलराउन्डरतर्फको २२औँ स्थानमा रोहित पौडेल पनि ४०औँ स्थानमा र गुलसन झा ७२औँ स्थानमा नेपालका गरहेका छन् ।





प्रतिक्रिया राख्नुहोस्