राजनीति

देउवाको सम्पत्ति अनुसन्धान सुरु, जलेको घर भत्काउन रोक

सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ । अनुसन्धानका क्रममा गत भदौ २४ गते जलाइएको उहाँको घर भत्काउने काम प्रहरीले रोक लगाएको छ ।

प्रहरीले देउवा र उहाँका परिवारका सदस्यहरुको सम्पत्ति विवरण संकलन भैरहेको र प्रमाण नष्ट गर्नसक्ने आशंकामा बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा घर भत्काउने काम प्रहरीले रोक लगाएको बताइएको छ ।

सत्ताको आडमा अस्वभाविक र गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा यसअघि नै देउवा परिवार विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो । यसअघि नै जुटाइएका सूचना र प्रमाणहरु संकलन गरेर अनुसन्धान थप अघि बढाउने काम भएको हो ।

गृह एवं नेपाल प्रहरी सम्वद्ध स्रोतका अनुसार, पछिल्लो एक डेढ वर्षमा जयवीर देउवा र उनले नजिकका नातेदारहरुका नाममा किनेको करिव ७३ रोपनी जग्गाको विवरणहरु संकलन भएको छ ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणा देउवाको संलग्नता, नेपाल टेलिकमको बिलिङ अनियमितता प्रकरणमा तत्कालिन सञ्चारसचिव डा। बैकुण्ठ अर्यालमार्फत भएको विवादस्पद निर्णयपछिको कारोबारबारे उजुरीको छानबिन भइरहेको हो’

शेरबहादुर देउवा परिवारले बूढानीलकण्ठमा ६ रोपनीको कम्पाउण्डभित्र दुईवटा महल थिए । जेनजी आन्दोलनका क्रममा देउवा परिवारमाथि आक्रमण हुनुका साथै घरमा आगजनी भएको थियो ।

केही दिनदेखि देउवा परिवारको निर्देशनमा कामदारहरु परिचालन गरेर क्षतिग्रस्त भवन भत्काउने काम भइरहेको थियो । प्रहरीले भवनमाथिको अनुसन्धानमा असर पर्ने र प्रमाण लोप हुनसक्ने आशंका भएपछि उच्चपदस्थ अधिकारीहरुको निर्देशनमा घर भत्काउन रोक लगाइएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.