इन्डियन प्रिमियर लिग(आइपिएल) २०२६ मा दोस्रो जित निकालेको छ । शनिबार भएको दिनको पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो ।
जारी प्रतियोगितामा मुम्बईको भने यो दोस्रो खेलमा पहिलो हार हो । दिल्लीको घरेलु मैदान अरुण जेट्ली रंगशालामा भएको खेलमा दिल्लीले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । मुम्बईका लागि कप्तान सुर्यकुमार यादवले ३६ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५१ रनको अर्धशतकीय पारी खेले भने ओपनर रोहित शर्मा २६ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३५ रन बनाए ।
त्यस्तै नमन धिरले २८ रन जोड्दा मिचेल स्यान्टेनर १८ रनमा अविजित रहे । दिल्लीका लागि मुकेश कुमारले दुई विकेट लिए भने लुंगी एन्गेडी, विप्रज निघम, अक्षर पटेल र टि नटराजनको भागमा समान एक-एक विकेट रह्यो । मुम्बईले प्रस्तुत गरेको १ सय ६३ रनको लक्ष्य दिल्लीले १८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
दिल्लीको लागि समिर रिज्वीले ५१ बलमा ७ चौका र ७ छक्का प्रहार ९० रनको अर्धशतकीय इनिङ खेले भने ओपनर पथुम निशंका ३० बलमा ६ चौका र १ छक्काको सहयोगमा ४४ रन बनाए । यस्तै डेबिड मिलर २१ रनमा अविजित रहे । मुम्बईका लागि मिचेल स्यान्टनेर, कोर्बिन बोश र दिपक चहरले समान एक-एक विकेट लिए ।
जितसँगै दिल्ली दुई खेलमा ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने समान खेलमा दुई अंक जोडेको मुम्बई छैटौं स्थानमा रहेको छ ।




प्रतिक्रिया राख्नुहोस्