राजनीति

उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृतिलाई

प्रतिनिधिसभाको उपभामुख पदका लागि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने भएको छ ।

सो पदका लागि आज बिहिबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । सत्तारुढ दल रास्वपा रास्वपाका अशोककुमार चौधरीको समर्थकमा ठाकुरले  बिहीवार संघीय संसद सचिवालयमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उपसभामुखका लागि यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा)बाट सरस्वती लामाले उम्मेदवारी दर्ता गर्नुभएको छ । लामाको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीलाई प्रस्तावक र समर्थकमा सांसदहरू खुश्वु ओली, ताहिर अलि र भरत गिरी रहनुभएको छ।

संघीय संसद् सचिवालयले बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उसभामुखको उम्मेदवारी दर्ता गर्नका समय तोकेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.