राजनीति
सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस् : प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेन्द्र शाहले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । नव वर्ष २०८३ को अवसरमा शुभकामना सन्देश दिंदै उहाँले सो कुरा बताउनुभएको हो ।
नयाँ वर्ष २०८३ को यस पावन अवसरमा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले संस्कृत श्लोक “सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः” उद्धृत गर्दै सबैको जीवनमा सुख, आरोग्य र कल्याणको शुभकामना दिनुभएको हो ।
उहाँले लेख्नुभएको छ,
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्॥
हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्।
सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्।
नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।




प्रतिक्रिया राख्नुहोस्