क्रिकेटखेल

आइपिएलमा चेन्नईको दोस्रो जित, कोलकाता ३२ रनले पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सले दोस्रो जित निकालेको छ । मंगलबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ३२ रनले पराजित गर्दै चेन्नईले लगातार दोस्रो जित निकालेको छ ।

जारी प्रतियोगितामा यो कोलकाताको चौथों हार हो । कोलकाताले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९२ रन बनायो । चेन्नईको लागि सञ्जु सामसनले ३२ बलमा ४ चौका र ३ छक्कासहित ४८ रन बनाए भने डिवाल्ड ब्रेविसले २९ बलमा ४ चौका २ छक्का प्रहार गर्दै ४१ रन जोडे ।

त्यस्तै आयुष माथ्रेले १६ बलमा ६ चौका र २ छक्कासहित ३८ रन जोड्दा सर्फराज खानले २३ र शिभम दुबे १० रनमा अविजित रहे । चेन्नईले दिएको १ सय ९३ रनको‌ लक्ष्य पछ्याउने क्रममा कोलकाता २० ओभरमा निर्धारित ७ विकेट गुमाउँदै १ सय ६० रनमात्र बनायो ।

कोलकाताको लागि रामदीप सिंहको ३५ रन बनाए भने रोभम्यान पावेलले‌ नटआउट ३१ रन जोडे । यस्तै अजिन्के रहाणेले २८ रन बनाउनु बाहेक अन्यको प्रदर्शन उल्लेखनिय रहेन । चेन्नईका लागि नुर अहमदले तीन विकेट लिए भने अब्सुल कामबोजको भागमा दुई विकेट रह्यो ।

जितसंगै पाचौं खेलमा चार अंक जोडेकोचेन्नई आठौं स्थानमा छ भने समान खेलमा एक अंक जोडेको कोलकाता पुछारमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज राति नेपाली समय अनुसार पौने आठ बजे रोयल च्यालेन्जर्स बेङ्गलुरु र लखनउ सुपर जाइन्ट्स भिड्दै छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.