विश्व समाचार

पाकिस्तानी सेना प्रमुखको तीन दिने इरान भ्रमण सम्पन्न

पाकिस्तानका सेना प्रमुखले मध्यपूर्व युद्ध अन्त्य गर्ने प्रयासस्वरूप इरानका शीर्ष नेता र वार्ताकारहरूसँग भेट गर्दै शनिबार तेहरानको भ्रमण गर्नुभएको छ । उहाँको भ्रमण शुक्रबार सम्पन्न भएको छ ।

पाकिस्तानी सेनाका कमाण्डर फिल्ड मार्शल असिम मुनिरले इरानका राष्ट्रपति, विदेशमन्त्री,सभामुख र इरानको केन्द्रीय सैन्य कमान्डका प्रमुखसँग भेटवार्ता गर्नुभएको छ ।

आगामी दिनहरूमा इस्लामावादमा अपेक्षित अमेरिका–इरान वार्ताको अगाडि भएको भ्रमणले मध्यपूर्वमा शान्ति, स्थिरता र समृद्धिलाई बढावा दिन पाकिस्तानको मध्यस्थतामा ‘समाधानको सहजीकरणका लागि दृढ सङ्कल्प’ देखाएको पाकिस्तानी सेनाले जनाएको छ ।

संसदका सभामुख मोहम्मद बाघर गालिबाफ र विदेशमन्त्री अब्बास अराघचीको नेतृत्वमा गत हप्ता संयुक्त राज्य अमेरिकासँग शान्ति वार्ताका लागि इरानी प्रतिनिधिमण्डल इस्लामावाद गएको थियो ।

पहिलो चरणको वार्ता कुनै सम्झौता बिना नै समाप्त भएपछि देखिएको अन्योलताको अवस्थामा भएको भ्रमणले थप वार्ताका लागि कुटनीतिक प्रयासलाई जारी राखिनुपर्नेमा जोड दिएको थियो ।

पछिल्ला केही दिनमा पाकिस्तानका प्रधान मन्त्रीले शान्ति प्रक्रियालाई अगाडि बढाउन साउदी अरब, कतार र टर्कीको भ्रमण गर्नुभएको छ ।

उहाँहरूको पहलले आगामी हप्ता इस्लामावादमा दोस्रो चरणको वार्ता हुने सम्भावना बढेको छ ।

तेहरानमा फिल्ड मार्शल मुनिरले कूटनीतिक वार्ताका माध्यमबाट वार्ता, तनाव न्यूनीकरण र थाँती रहेका मुद्दाहरूको शान्तिपूर्ण समाधानको आवश्यकतामा जोड दिनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.