जन सरोकार
भिरबाट लडेर सात वर्षीया बालिकाको मृत्यु
भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । बागलुङको निसीखोला गाउँपालिका–२ अर्नकोटकी ७ वर्षीया एलिना विकको मृत्यु भएको हो ।
विक आफ्नै घर नजिकको बारीमा बाख्रा चराउने क्रममा बुधबार दिउँसो ३ः०० बजेतिर लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिनुभयो ।
भिरबाट लडेकी विकको घटनास्थलमा नै मृत्यु भएको हो । विक करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया राख्नुहोस्