सञ्जु स्यामसनको शतकमा भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल) मा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियलाई पराजित गरेको छ । बिहीबार राति भएको खेलमा मुम्बईले चेन्नईलाई १ सय ३ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
मुम्बईको घरेलु मैदान वानखेडेमा भएको खेलमा पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो । चेन्नईका लागि ओपनर सञ्जु स्यामसनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गर्दै अविजित रहँदै सर्वाधिक १ सय १ रनको शतकीय पारी खेले । जारी सिजनमा सञ्जुको यो दोस्रो तथाआइपिएल इतिहासको पाँचौ शतक हो ।
त्यस्तै कप्तान रितुराज गायकवाडले २२ रन जोड्दा डेवाल्ड ब्रेभिसले २१, कर्तिक शर्माले १८ र जेमी ओभरटर्नले १५ रन बनाए । मुम्बईका लागि अश्विनी कुमार र अल्लाह गजान्फरले समान दुई-दुई विकेट लिए भने जसप्रित बुमराह र मिचेल स्यान्टेनरको भागमा समान एक-एक विकेट रह्यो । चेन्नईले प्रस्तुत गरेको २ सय ८ रनको लक्ष्य पछ्याएको मुम्बई १९ ओभरमा १ सय ४ रनमा अलआउट भयो ।
मुम्बईका लागि तिलक बर्माले सर्वाधिक ३७ रन बनाए भने सुर्यकुमार यादव ३५ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । चेन्नईका लागि अकिल हुसेनले चार विकेट लिए भने नुर अहमदले दुई विकेट लिँदा मुकेश चौधरी, अन्शुल कम्बोज, जेमी ओभरटर्न र गुर्जपिन्त सिंहको भागमा समान एक-एक विकेट रह्यो ।
जितसँगै चेन्नई सात खेलबाट छ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ भने समान खेलबाट चार अंक जोडेको मुम्बई आठौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज राति नेपाली समय अनुसार पौने आठ बजे रोयल च्यालेन्जर्स बेङ्गलुरु र गुजरात टाइटन्स भिड्दै छन् ।





प्रतिक्रिया राख्नुहोस्