राजनीति

बुद्धिजीवीहरुको प्रश्न- कांग्रेस किन बोल्नै नसक्ने भयो ?

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुक र कांग्रेसको पछिल्लो अवस्थाबारे बुद्धिजीवीहरुसँग छलफल गर्नुभएको छ । छलफलमा कांग्रेस पछिल्लो समय आफ्ना धारणा राख्न समेत नसक्ने अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

कांग्रेस निकट बुद्धिजीवीहरुले बीपीको इतिहास जल्दा, नेताहरूको घर जलाउँदा पनि नबोलेको कांग्रेस नयाँ सरकार बनेपछि झनै बोल्न छोडेको र संसदीय दलको नेता समेत चयन गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

नेता कोइरालाले आइतबार आफ्नो सम्पर्क कार्यालय विशालनगरमा पार्टीको पछिल्लो अवस्था र मुलुकको बारेमा छलफल गर्नुभएको डा कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिनुभयो ।

छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, डा दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, डा बिनिता कार्की, जगदिश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, विष्णु बुढाथोकी, डा उद्धव प्याकुरेल, जेनजी युवा अभिजित अधिकारी, करिना पुरी लगायतको सहभागिता रहेको थियो ।

उक्त छलफलमा कांग्रेस नेताहरु डा शशाङ्क कोइराला, सुजाता कोइराला, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, डा मीनेन्द्र रिजाल, डा गोविन्दराज पोखरेललगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.