क्रिकेटखेल

त्रिवि क्रिकेट रंगशाला नभत्कने, क्यानसंग भाडा सम्झौता हुने

सरकारले त्रिभुवन विश्वविद्यालयको स्वामित्वको जमिनमा बनेको क्रिकेट रंगशाला नभत्काउने स्पष्ट पार्दै नयाँ भाडा सम्झौता गर्ने बताएको छ ।

त्रिविले आफ्नो अतिक्रमित जग्गा खाली गर्न पत्राचार गरेपछि क्रिकेट रंगशालाको भविष्यलाई लिएर चिन्ता व्यक्त भैरहँदा सरकारको यस्तो धारणा आएको हो ।

सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा शिक्षा तथा खेलकूद मन्त्री मन्त्री सस्मित पोखरेलले त्रिवि क्रिकेट मैदान र नेपाल क्रिकेट संघबीचको पुनः भाडा सम्झौता हुने बताउनुभएको हो ।

पत्रकारहरुले सोधेको प्रश्नको उत्तर दिने क्रममा मन्त्री पोखरेलले भन्नुभयो, ‘आज बिहान त्रिवि उपकुलपतिसहितको बैठक थियो । सकारात्मक कुरा भएको छ । खाली गराउने हैन । भाडा सम्झौता रिन्यू गर्ने हो ।राज्यका यत्रो लगानी भएको छ । राज्यकै संरचना हो । लिज पुनः एग्रिमेन्ट चाहिँ गराउनुपर्नेछ ।’

सरकारले थालेको अतिक्रमित जग्गा फिर्ता ल्याउने अभियानअन्तर्गत त्रिविले गत ४ वैशाखमै सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निकायलाई जग्गा खाली गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.