क्रिकेटखेल

आइपिएलमा कोलकाताले लखनउलाई सुपर ओभरमा हरायो

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकोता नाइट राइडर्सले सुपर ओभरमा जित निकालेको छ । आइतबार भएको दिनको दोस्रो खेलमा कोलकाताले लखनउ सुपर जाइन्टलाई सुपर ओभरमा पराजित गरेको हो ।

जारी सिजनमा भएको पहिलो सुपर ओभरमा लखनउले दिएको २ रनको लक्ष्य कोलकाताले एक बलमै पूरा गर्‍यो । सुपर ओभरमा लखनउका लागि निकोलस पूरन र एइडेन मार्क्रम ब्याटिङमा आएका थिए । कोलकाताले बलिङको जिम्मा भने सुनिल नराइनलाई दिएको थियो ।

सुनिलले पहिलो बलमै पूरनलाई बोल्ड गरेपछि कप्तान रिषभ पन्तले दोस्रो बलमा एक रन लिएपछि सुनिlले तस्रो बलमा मार्क्रमलाई क्याचआउट गराएपछि कोलकाताले दुई रनको लक्ष्य पाएको थियो । कोलकाताको लागि रिंकु सिंह र रोभमन पावेलले दुई रनको लक्ष्य लिएर ब्याटिङ गर्न आए । रिंकुले पहिलो बलमै प्रिन्स यादवलाई चौका प्रहार गर्दै टोलीलाई जित दिलाए ।

त्यसअघि लखनउको घरेलु मैदानमा पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । कोलकाताका लागि रिंकु सिंहले ५१ बल खेल्दै ७ चौका र ५ छक्का प्रहार गर्दै अविजित रहँदै सर्वाधिक ८३ रनको अर्धशतकीय पारी खेले भने क्यामरन ग्रीनले ३४ र कप्तान अजिक्या रहानेले १० रनमा बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

लखनउका लागि मोहसिनले पाँच विकेट लिए बने जर्ज लिन्डेको भागमा एक विकेट रह्यो । कोलकाताले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५५ रन बनाएपछि खेल बराबरी भएको थियो । लखनउको लागि कप्तान रिषभ पन्तले सर्वाधिक ४२ रन बनाए भने एइडेन मार्क्रमले ३१ रन बनाए ।

यस्तै आयुष बदोनीले २४ रन जोड्दा हिम्मत सिंहले १९ रन बनाए । कोलकाताका लागि वैभव अरोरा र वरुण चक्रवर्तीले समान दुई-दुई विकेट लिँदा अनुकुल रोय, क्यामरन ग्रीन, सुनिल नराइन र कार्तिक त्यागीको भागमा समान एक-एक विकेट रह्यो ।

जितसंगै कोलकाता आठ खेलमा पाँच अंक जोड्दै आठौँ स्थानमा उक्लिएको छ भने समान खेलमा चार अंक जोडेको लखनउ पुछारमा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.