टेकु र बल्खुमा चल्यो डोजर (फोटोहरुसहित)
अव्यवस्थित बस्ती हटाउने क्रममा आज वैशाख १८ गते शुक्रबार विहान काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमवासी बस्तीमा डोजर चलाइएको छ ।
यसअघि बल्खुस्थित सुकुम्बासी बस्तीमा शुक्रबार सुरक्षाकर्मीको बाल्को उपस्थितिमा डोजर चलाइएको छ । अधिकार क्षेत्र मिचेर बनाइएका संरचना हटाउने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले बुधबार नै सूचना निकालेर बस्ती खाली गर्न बिहीबार साँझसम्मको समय दिएको थियो ।
काठमाडौँ उपत्यकाका अतिक्रमित तथा नदी किनारका सुकुम्बासी बस्ती खाली गराउने सरकारको अभियानअन्तर्गत आजदेखि दोस्रो चरणमा डोजर चलाइएको हो ।

सो क्षेत्रका आश्रयस्थल नभएका वा स्वयं व्यवस्थापन गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरसम्म पुर्याउन सुरक्षाकर्मीले सहयोग गरिरहेका छन् ।
यसैगरी, आजदेखि टेकुको वंशीघाट, शंखमूल, बुद्धनगर, बल्खु, कुलेश्वर, कपन, वसुन्धारा, गोंगबु, बालाजु, माछापोखरीलगायतको ठाउँमा अतिक्रमित जग्गा खाली गर्ने तयारी छ ।

पहिलो चरणमा सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्ती खाली गरिसकिएको छ ।







प्रतिक्रिया राख्नुहोस्