नेपालका भेट्रान क्रिकेटर विनोद भण्डारीले चार वर्षपछि राष्ट्रिय टिममा फर्कदाको पहिलो खेलमै अद्र्धशतक प्रहार गरी नाम चलेका युवा खेलाडीहरुलाई चुनौति थपिदिनुभएको छ ।
आईसीसी विश्वकप लिग २ अन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी नेपाल र युएईबीचको खेलमा भण्डारीले ओपनर आसिफ शेखको स्थान धैर्यपूर्वक ब्याटिङ गर्दै ७२ बलमा ५० रन पूरा गर्नुभएको हो ।
आजको खेलमा नेपालका ओपनर आसिफ र कुशल भुर्तेललाई विश्राम दिई विनोद भण्डारी र अर्जुन कुमाललाई खेलाइएको छ । विनोदले आफ्नो चयनलाई सही सावित गर्नुभएको छ । भण्डारीले ७९ बलमा ५६ रन बनाएर आउट भए पनि आजको खेलमा यो इनिङ महत्वपूर्ण रहनेछ ।
वि.सं. २०७० सालमा नेपाल राष्ट्रिय क्रिकेट टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्नुभएका भण्डारी अन्तिम ओभरहरूमा छिटो रन बनाउने क्षमताका कारण परिचित हुनुहुन्छ ।





प्रतिक्रिया राख्नुहोस्