जापानद्वारा थप तेल भण्डारबाट वतरण सुरु
इरान, अमेरिका र इजरायलको तनावका कारण विश्वभर इन्धनको अभाव बढिरहँदा जापानले जापानले राष्ट्रिय तेल भण्डारबाट थप तेल वितरण गर्न थालेको छ। देशभर रहेका १० वटा भण्डारण केन्द्रमार्फत थप ५८ लाख किलो लिटर तेल बजारमा पठाइनेछ।
उद्योग मन्त्रालयका अनुसार इबाराकी प्रान्तमा शुक्रबारदेखि र कागोशिमा प्रान्तमा शनिबारदेखि तेल वितरण गर्ने प्रक्रिया सुरु गरिएको हो।
उक्त तेल करिब ५४० अर्ब येन -झण्डै ३ अर्ब ४० करोड अमेरिकी डलर)मा चार प्रमुख थोक विक्रेतालाई बिक्री गरिनेछ। त्यसपछि यसलाई प्रशोधन गरी पेट्रोललगायतका इन्धन उत्पादनका रूपमा बजारमा ल्याइनेछ।
यसअघि सरकारले मार्चको अन्त्यतिर राष्ट्रिय भण्डारबाट ३० दिन पुग्ने परिमाणको तेल वितरण गर्न सुरु गरिएको थियो। पछिल्लो चरणमा भने मे महिनादेखि थप करिब २० दिन पुग्ने तेल वितरण गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ।
उद्योग मन्त्रालयका अधिकारीहरूले तेल भण्डारबाट बजारमा उने र र वैकल्पिक आपूर्ति सुनिश्चित गर्ने जस्ता कदमहरूले सर्वसाधारणको चिन्ता कम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूले स्थिर आपूर्ति सुनिश्चित गर्न निरन्तर प्रयास जारी रहने पनि बताएका छन्।





प्रतिक्रिया राख्नुहोस्