डा. शर्मालाई प्रधान न्यायाधीश बनाउने निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट
बिहिबार बसेको संवैधानिक परिषदको बैठकले प्रधान न्यायाधीशमा सर्वोच्चका न्यायाधीश डा. मनोज शर्मालाई गरेको सिफारिश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।
शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले प्रधान न्यायाधीशमा एक नम्बरमा रहेकी कार्यवाहक प्रधान न्यायाधीश सपना प्रधान मल्ललाई सिफारिस गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको हो ।
रिटमा चौथो नम्बरको न्यायाधीश डा. मनोजकुमार शर्मालाई सिफारिस गरिनु संविधानको शक्तिपृथकीकरणको सिद्धान्त विपरीत भएको र यसले स्वतन्त्र न्यायपालिका ध्वस्त हुने दाबी सहित निर्णय खारेज माग गरिएको छ ।
संवैधानिक परिषद्ले बिहीबार कायममुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाललाई छाडेर चौथो वरियतामा रहनुभएका शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेको थियो ।
न्याय परिषदको निर्णयमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दल नेता भिष्मराज आङ्देम्बेले लिखित असहमति जनाउनुभएको थियो । उक्त निर्णयमा विपक्षी दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले पनि विरोध जनाएका छन्।





प्रतिक्रिया राख्नुहोस्