राजनीति

शिक्षामन्त्रीसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटका क्रममा उहाँहरूबीच नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध, शिक्षा, विकास साझेदारलगायत विषयमा छलफल भएको थियो । विशेषगरी उहाँहरूबीच उच्च शिक्षामा अन्तरदेशीय शिक्षा प्रबन्धका क्षेत्रमा दुई देशबीच सहकार्यको सम्भावनाका विषयमा छलफल भएको थियो ।

भेटमा शिक्षामन्त्री पोखरेलले अष्ट्रेलियन उच्च शिक्षाका राम्रा कार्यक्रममा सहकार्य र साझेदारिताका विषयमा सकारात्मक रहेको भन्दै ती विषयमा कानुनी प्रबन्धका लागि पहल गरिने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री पोखरेलले विश्वस्तरीय शिक्षा नेपालमै दिनेगरी नीतिगत सुधार गरेर जानुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालय शिक्षा क्षेत्रमा सुधारका अरू विकास साझेदारहरूसँग जस्तै अष्ट्रेलियासँग पनि सहकार्य गर्न मन्त्रालय इच्छुक रहेको बताउनुभयो ।

राजदूत महामहिम अन्स्र्टले उच्च शिक्षामा अन्तरदेशीय शिक्षा प्रबन्धकका बारेमा चासो व्यक्त गर्दै उहाँले उच्च शिक्षाका राम्रा अष्ट्रेलियन कार्यक्रमहरूमा साझेदारी गर्ने इच्छासमेत व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.