खेल

जुम्ला रारा-अल्ट्रा म्याराथनको उपाधि धीर बूढालाई

सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको उपाधि धीर बूढाले प्राप्त गर्नुभएको छ । आज सम्पन्न प्रतियोगितामा जुम्लादेखि मुगुको रारातालसम्म ५४ किलोमिटर दौडमा जुम्लाको कनकासुन्दरी गाउँपालिका-१ का बूढा पहिलो हुनुभयो ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका होमबहादुर हमाल दोस्रो र गोपाल तामाङ तेस्रो हुनुभएको कर्णाली स्पोटर्स क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो ।

महिलातर्फको दौडमा पातारासी गाउँपालिका कल्पना बूढा पहिलो हुनुभयो । साथै सुनसरी रोकाया दोस्रो र सन्ध्या बूढा तेस्रो हुनुभयो ।

पहिलो हुने धावकलाई रु एक लाख, दोस्रो हुनेलाई रु ७५ हजार, तेस्रो हुनेलाई रु ५० हजार, चौथो र पाँचौलाई समान रु २०–२० हजार पुरस्कारसहित प्रमाणपत्र र मेडल प्रदान गरिने क्लबले जनाएको छ ।

प्रतियोगिताले कर्णालीको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना तथा स्थानीय खेल प्रतिभालाई अन्तरराष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वैशाखमा आयोजना गर्दै आएको अध्यक्ष शाहीले बताउनुभयो ।

त्यसैगरी १० किलोमिटर दौडको पुरुषतर्फ वसन्त बूढा पहिलो, नवीन परियार दोस्रो र राज भण्डारी तेस्रो हुनुभयो । दश किलोमिटर महिलातर्फ सपना बूढा पहिलो, सस्मिता भण्डारी दोस्रो र गौकली रावत तेस्रो हुनुभयो ।

पाँच किलोमिटरको विद्यार्थीतर्फ निर्भु राना पहिलो, नरेश रावत दोस्रो र नमराज महतारा तेस्रो हुनुभयो । साथै पाँच किलोमिटर महिलातर्फ क्रितिना बूढा पहिलो, यमुना बूढा दोस्रो र खुसी बुढाथोकी मगर तेस्रो हुनुभयो ।

प्रतियोगितामा स्वदेश तथा विदेशी गरी ५१ धावकहरूले ५४ किमी दौडमा सहभागिता जनाएका थिए । पाँच र १० किलोमिटरको दौडमा करिब एक हजार एक सय जना खेलाडी सहभागी भएको क्लबले जनाएको छ ।

पाँच र १० किलोमिटतर्फका विजेता खेलाडीलाई प्रमाणपत्र र पदक प्रदान गरियो भने ५४ किमीको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताका विजेता धावकलाई आइतबार राराताल परिसरमा आयोजना हुने कार्यक्रममा पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.