अर्थ
चार हजार चार सयले बढ्यो सुनको मूल्य, आज कति छ तोलाको ?
सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उतारचढाव आएको छ । सुन तोलामा रु चार हजार ४०० ले बढेको छ भने चाँदीको मोल भने रु ३५५ ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ६९५ कायम भएको छ । हिजो सोमबार एक तोला छापावाल सुन रु दुई लाख ९८ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ३४० मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज सुन प्रतिऔंस चार हजार सात सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।





प्रतिक्रिया राख्नुहोस्