राजनीति

संसद् बैठक : समसामयिक विषयमा ध्यानाकर्षण

नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन सभामुखसमक्ष आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको आज बसेको बैठकको आकस्मिक समयमा भाग लिँदै सांसद् राईले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थिति नभएकाले सदनमा बोलाउन आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो, “तत्काल रुलिङ गरेर भए पनि प्रधानमन्त्रीलाई बोलाउनुहोस् ।”

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले झापामा हात्तीको आक्रमणबाट घाइते भएका दिनेश पराजुलीको स्वास्थ्य उपचारका लागि सहयोग गर्न अनुरोध गर्नुभयो ।

सोही पार्टीका सांसद सागर भुसालले अर्घाखाँचीमा भएको दुर्घटनाका सन्दर्भमा सरकारको ध्यानाकर्षण गर्दै सडक सुरक्षा, सवारी अनुगमन तथा व्यवस्थापन र सडकको मर्मतसम्भारमा ध्यान दिन अनुरोध गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.