जन सरोकार

महेन्द्र राजमार्गको अतिक्रमित क्षेत्र खाली गर्न निर्देशन

कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म पूर्व–पश्चिम महेन्द्र राजमार्गको अतिक्रमण क्षेत्र खाली गरिने भएको छ ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरले आज सूचना जारी गर्दै महेन्द्र राजमार्ग (गड्डाचौकी–अत्तरिया–चिसापानी) सडक सीमा सडक केन्द्रबाट २५/२५ मिटर दायाँबायाँ कायम रहेको जनाउँदै सो क्षेत्रमा बनेका टहरा, संरचना हटाउन १५ दिनको समयसीमा तोकेको छ ।

सडक विभागको स्वीकृतिबिना अस्थायी/स्थायी घर टहरा निर्माण गर्ने, निर्माण सामग्री राख्ने, मालवस्तु बिक्रीमा राख्ने, ढल तथा पानी सडक किनाराको नालामा मिसाउनेलगायतका कार्य नगर्न आग्रहसमेत गरेको छ ।

जारी सूचनामा राजमार्गको सडक क्षेत्रमा बनेका अस्थायी/स्थायी संरचना, टहरालगायत अन्य संरचनाहरु भत्काउन वा हटाउन १५ दिनको समय दिइएको छ ।

तोकिएको समयावधिभित्र सडक सीमा अतिक्रमण गरी बनाइएका संरचना नहटाए सार्वजनिक सडक ऐन २०३१ को दफा १९ को उपदफा (३) बमोजिम हटाइने र सो कार्यबापत लाग्ने खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गर्ने चेतावनीसमेत दिइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.