राजनीति

सदनको कारबाही नियमित सञ्चालन हुनुपर्छ : बुर्लाकोटी

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै लगातार विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गर्नुभएको छ ।

त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रतिनिधिसभा नियमावलीअनुसार नै सदनलाई सञ्चालन हुन दिनुपर्ने बताउनुभएको थियो ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा विपक्षी दलका सांसदहरूले सदनमा प्रधानमन्त्रीको उपस्थिति खोज्दै विरोध जनाउनुभएपछि बुर्लाकोटीले सदनको कारबाही नियमित रूपमा सञ्चालन हुनुपर्ने बताउनुभयो । उहाँले कुनै पनि बहानामा सदनको कारबाही रोकिन नहुने धारणा राख्नुभयो ।

विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थिति खोज्दै अवरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले सदनको कारबाही अगाडि बढाउनका लागि सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्रीको तर्फबाट मन्त्रीलाई जिम्मेवारी तोकेर पठाइसकेको जानकारी गराउँदै आशन ग्रहण गरेर सहयोग गर्न अनुरोध गर्नुभयो ।

नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्दम्बेले प्रतिनिधिसभामा आएर जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गर्न माग गर्नुभयो ।

नेकपा(एमाले)का सांसद गुरु बरालले ‘असंसदीय शब्द’को छानबिनका लागि समिति बनाउन माग गर्नुभयो । यस्तै, सोही दलका सांसद पद्या अर्यालले सदनमा प्रधानमन्त्रीको उपस्थिती हुनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.