जन सरोकार

बाबु–छोरा नै जटिल रोगबाट थला परेपछि गाउँलेले थाले सहयोग

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बुबा–छोरा नै जटिल रोगबाट थला परेपछि स्थानीयले उपचारका लागि चन्दा सङ्कलन गर्न थालेका छन् ।

शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ४२ वर्षीय महेन्द्र राना दुवै मिर्गाैला खराब गएर उपचारत रहेकै बेला उहाँका १९ वर्षीय छोरा रोहित रानालाई ‘ब्लड क्यान्सर’ देखिएपछि स्थानीयले सहयोगको याचना गरिरहका छन् ।

स्थानीय मेनका सिंहले आर्थिक अवस्था कमजोर रहेका राना बाबुछोराको जीवन रक्षाका लागि सहयोग अभियान सञ्चालन गरिएको बताउनुभयो । “बुबा–छोरा जटिल स्वास्थ्य समस्याबाट ग्रसित भएपछि परिवारको बिचल्ली हुने अवस्था उत्पन्न भएको छ”, उहाँले भन्नुभयो, “दुवै जनाको जीवन बचाउन सकिने आशाले सबैसित सहयोगको अपेक्षा गरेर अभियान सुरु गरेका छौँ ।”

शुक्लाफाँटा नगरपालिका–१ का वडासदस्य दीनाराम रानाले बुबाछोराको उपचारमा सहयोग गर्न गाउँमा सबैसित आग्रह गरिएको बताउनुभयो । “बुबा महेन्द्र राना विगत छ-सात महिनादेखि दुवै मिर्गाैला खराब भएर धनगढीमा उपचाररत हुनुहुन्छ । यहीबीचमा गत फागुनमा छोरा रोहितलाई पनि ब्लड क्यान्सर जस्तो समस्या देखिएपछि हाल काठमाडाँैमा उपचार हुँदैछ”, उहाँले भन्नुभयो ।

वडासदस्य रानाले परिवारका अन्य सदस्यले उपचार खर्च धान्न सक्ने अवस्था नरहेकाले दुवै जनाको ज्यान जोगाउन सबैबाट सहयोगको अपेक्षा रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.