राजनीति

विज्ञान, प्रविधि मन्त्रालय गठन भएपछि सांसद महावीर पुनद्वारा श्राप फिर्ता

स्वतन्त्र सांसद तथा विज्ञान, प्रविधि, आविष्कार र नवप्रवर्तनका अभियन्ता महावीर पुनले आफूले “नेताहरुको दिमागमा विज्ञान प्रविधिका कुरा कहिल्यै नघुसोस्” भनेर दिनुभएको श्राप फिर्ता लिनुभएको छ ।

सरकारले वैशाख ३० गते बिहिबार मन्त्रालय समायोजनका क्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेपछि आफ्नो अभियानकोे सुरुवाई भएको भन्दै पुनले खुसी व्यक्त गर्दै एक विज्ञप्तिमार्फत श्राप फिर्ता लिएको घोषणा गर्नुभएको हो ।

सांसद पुनले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा लेख्नुभएको छ-

“मैले लामो समयदेखि गरेको माग पुरा भयो। दुई दिन अगाडी मैले संसदमा राखेको मागको भिडियो ता देख्नु नै भयो होला। त्यो भन्दा तीन हप्ता अगाडी मैले प्रधानमन्त्री ज्यूलाई बुझाएको लिखित माग पनि हेर्नु होला। अव सो विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई दक्षताका साथ कसरी चलाउने भन्ने आइडिया भएका जान्ने सुन्ने देशभक्त बैज्ञानिकहरु र अनुसन्धानकर्ताहरु छलफल गर्न आउनुहोस् भन्ने अनुरोध गर्दछु । नेपाल सरकारलाई धेरै धेरै धन्यवाद तथा दिर्घायुको कामना गर्दछु। साथै मैले रिसको झोंकमा नेताहरुलाई दिएको श्राप पनि फिर्ता गर्दछु।”

महावीर पुनको अभियान सफल, सरकारद्वारा ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन

नवप्रवर्तन र अनुसन्धानलाई प्राथमिकतामा राख्न सांसद पुनको आग्रह

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.