क्रिकेटखेल

आइपिएलमा लखनउद्वारा चेन्नई सात विकेटले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा लखनउले चेन्नईलाई ७ विकेटले पराजित गरेको हो ।

लखनउको घरेलु मैदान भारत रत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८७ रन बनाएको थियो । चेन्नईका लागि कार्तिक शर्माले ४२ बलमा ६ चौका र ५ छक्काको सहयोगमा ७१ रनको अर्धशतकीय पारी खेले भने शिभम दुबे ३२ रनमा अविजित रहे ।

त्यस्तै डेवाल्ड ब्रेभिसले २५ रन जोड्दा संजु सामसनले २० रन बनाए । लखनउका लागि आकाश सिंहले तीन विकेट लिए भने मोहमद शामी र शाहबाज अहमदको भागमा समान एक-एक विकेट रह्यो । चेन्नईले दिएको १ सय ८८ रनको लक्ष्य लखनउले १६.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । लखनउको लागि मिचेल मार्शले ३८ बलमा ९ चौका र ७ छक्का प्रहार गर्दै ९० रनको अर्धशतकीय पारी खेले भने जोस इंगलिसले ३६ रन बनाए ।

यस्तै निकोलस पुरन ३२ र मुकुल चौधरी १३ रनमा अविजित रहे । चेन्नईको लागि मुकेश चौधरी र स्पेन्सर जोनसनले समान एक-एक विकेट लिए । प्रतियोगिताबाट बहिरिसकिएको लखनउ १२ खेलमा ८ अंक जोड्दै अंक तालिकाको पुछारमा छ भने समान खेलमा १२ अंक जोडेको चेन्नई छैटौं स्थानमा रहेको छ ।

प्रतियोगिता अन्तर्गत आज राती नेपाली समयनुसार पौने आठ बजे कोलकाता नाइट राइडर्स र गुजरात टाईटन्स भिड्दै छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.