क्रिकेटखेल

अमेरिकाले दियो नेपाललाई जितको लागि १९६ रनको लक्ष्य

विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले १सय ९६ रनको लक्ष्य प्राप्त गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको टस जितेर पहिला ब्याटिङ गरेको अमेरिका ४३ दशमलव ३ ओभरमा १ सय ९५ रनमा समेटियो । अमेरिकाका लागि ओपनर स्मित पटेलले ८९ बलमा ८ चौका र ३ छक्काको सहयोगमा ८३ रनको अर्धशतकीय पारी खेले भने शेहान जयसुर्याले ५२ बलमा ५० रनको अर्धशतकीय इनिङ खेले ।

त्यस्तै मिलान्द कुमारले २८ रन जोड्दा हरमित १४ रन बनाए । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए भने सोमपाल कामीले दुई विकेट लिँदा सन्दीप लामिछाने र गुल्सन झाको भागमा समान एक-एक विकेट रह्यो ।

त्यस्तै देब्रे हाते ब्याटर इशान पाण्डेको नेपाली एकदिवसिय अन्तर्राष्ट्रिय(ओडिआई) टोलीमा डेब्यु गरेका छन् । उनले आज अमेरिकाविरुद्धको खेलमा डेब्यु गरेका हुन् ।

नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म दुई खेल सकिएका छन् । दुवै खेलमा स्कटल्याण्ड विजयी भएको छ ।

पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई डकवर्थ लुइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो ।

आइसिसी क्रिकेट विश्वकप लिग–२ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा छ । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै ११ वटा खेल जित्नुपर्छ भने एकदिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनु आवश्यक छ । त्यसैले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ ।

नेपाल अहिले २५ खेलपछि आठमा जित, १५ मा हार र दुई खेलमा अनिर्णित हुँदै १८ अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ । साथै अमेरिका २५ खेलबाट १८ मा जित, सातमा हारसँगै ३६ अङ्कका साथ दोस्रो स्थानमा रहँदा स्कटल्याण्ड पहिलो स्थानमा छ । स्कटल्याण्डले ३० खेलमध्ये १६ मा जित, आठमा हार र छ वटा खेल अनिर्णित हुँदा कूल ३८ अङ्क जोडेको छ ।

नेपालको प्लेइङ-११

इशान पाण्डे, आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.