अस्ट्रेलियामा शार्क आक्रमणमा वृद्धि
पश्चिमी अस्ट्रेलियामा शनिबार सेतो शार्कले एक जना व्यक्तिलाई आक्रमण गर्दा पिडितको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै एएफपीले जनाएको छ ।
पर्थ सहर नजिकैको रोटनेस्ट टापुबाट बिहान १०ः०० सार्कले आक्रमण गरेको प्रहरीले जनाएको छ । पिडित व्यक्तिलाई उद्धार गर्न सम्भव नभएको अष्ट्रेलियाली प्रहरीले जनाएको छ ।
यो घटना पछि मानिसहरुलाई सामन्द्रिक पर्यटकीय गन्तव्य क्षेत्र वरपरको पानीमा जाँदा “अतिरिक्त सावधानी“ अपनाउन आग्रह गरिएको छ । सन् १७९१ देखि अष्ट्रेलियामा लगभग एक हजार ३०० शार्क आक्रमणमा घटनाहरू भएका छन्, । जसमा २६० जना भन्दा बढीको मृत्यु भएको जनाइएको छ ।
यस अघि गत जनवरीमा सिड्नी हार्बरमा शार्कले आक्रमण गर्दा एक जनाको मृत्यु भएको थियो । यो आक्रमणसँगै दुई दिनको अवधिमा चार वटा घटना रेकर्ड गरिएको थियो, जसको कारण समुन्द्र तटका सहरका दर्जनौँ पर्यटकिय क्षेत्रहरुमा उच्च सतर्कता अपनाउनुको साथै केहि बन्द गर्न बाध्य पारेको अधिकारीहरूले जनाइएका छन् ।
सहरमा हालै शार्क सँग सम्बन्धित घटनामा मृत्यु भएको यो तेस्रो घटना हो । अस्ट्रेलियाका वैज्ञानिकहरूले बढ्दो भीड–भाडयुक्त वातावरण र पानी बढ्दो समुद्री तापक्रमले शार्कलाई प्रभावित गरिरहेकोले आक्रमणमा वृद्धि भएको बताएका छन् ।





प्रतिक्रिया राख्नुहोस्