अर्थ

तोलामा चारहजार पाँचसयले घट्यो सुनको भाउ

नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्यमा घटेको छ । सुन तोलामा रु चार हजार ५०० र चाँदी रु ३३० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ६० कायम भएको छ ।

गत शुक्रबार एक तोला छापावाल सुन रु दुई लाख ९८ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ३९० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५४० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.