राजनीति
दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ
पर्सा प्रहरीले ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ’ अभियान नेपालका संयोजक दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ ।
पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले संयोजक प्रसाईलाई सोमबार राति ‘जरुरी पक्राउ पुर्जी’ दिएर सोधपुछका लागि नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
“संयोजक प्रसाईलाई आवश्यक सोधपुछ र अनुसन्धानका लागि जरुरी पक्राउ पुर्जी लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएका छौँ”, उहाँले भन्नुभयो । प्रसाईं सोमबार बिहान वीरगञ्जको गहवामाई मन्दिर परिसरमा हुन लागेको कार्यक्रमका लागि त्यहाँ पुग्नुभएको थियो ।





प्रतिक्रिया राख्नुहोस्