राजनीति

आकस्मिक समयमा सांसदले उठाए सुकुम्वासी, दलितको अधिकारदेखि समसामयिक मुद्दा (भिडियो)

प्रतिनिधिसभाका सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले विकास निर्माण, सुकुमवासी समस्या, महँगी र रोजगारीलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद विष्णुमाया विकले होल्डिङ सेन्टरमा रहेका सुकुमवासीको दैनिकीमा समस्या भएको उल्लेख गर्दै ती सेन्टरमा राखिएका बालबालिकाको पठनपाठनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “गरिब होइन, गरिबी भगाउने नीति सरकारको हुनुपर्छ, सुुकुमवासीलाई सान्त्वना दिन पनि सरकारले सम्बोधन गर्नुपर्छ ।”

सांसद शम्भुप्रसाद ढकालले मुलुकका विभिन्न स्थानमा भएका आत्महत्याका घटनामा आत्महत्या गर्न बाध्य बनाउनेमाथि छानबिन गरी कडा कारबाही गर्नुपर्ने माग गर्नुभयो ।

त्यस्तै सांसद क्षितिज थेबेले पाथीभरा केबुलकार निर्माणको सम्बन्धमा सरकारको आधिकारिक धारणा आउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “पाथीभरामा निर्माणाधीन परियोजनाको विषयमा ताप्लेजुङ मात्रै होइन सिङ्गो देशको ध्यान केन्द्रित भएको छ, सरकारले मौखिक रुपमा काम रोकिएको भनेको छ, तर, सरकारको आधिकारिक धारणा के हो ?, मेरो प्रश्न छ, यो आयोजना बन्ने हो कि रोकिने हो ? ।”

यसैगरी प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद घतानीले माइतीघरमण्डलामा दीपा नेपालीले कोठा खाली छ सरकार ? भन्दै सत्याग्रह धर्ना बसेको जानकारी गराउनुभयो । “

यो केवल कोठाको विषय मात्रै नभई दलित समुदायमाथि वर्षौंदेखि थोपरिँदै आएको निषेध विभेद र बहिष्कारविरुद्ध उठेको समाजको यर्थाथ प्रश्न हो”, उहाँले भन्नुभयो, “यो राज्यमा दलित समुदायका लागि समान र सम्मानको अवस्था किन अझै छैन भन्ने प्रश्न पनि हो ।”

सांसद घतानीले संविधानमा समता, सामाजिक न्याय, दलितको हक र छुवाछुतमुक्त राष्ट्रसमेत घोषणा गरे पनि व्यवहारमा कार्यान्वयन फिलतो रहेको बताउनुभयो ।

उहाँले स्नातककोत्तर पढ्न आएका किरण विकलाई घरबेटीले जात थाहा पाएपछि डेराबाट निकालेको र अन्तिममा सुदूरपश्चिम घर फर्किन बाध्य भएको यथार्थ घटना संसद्मा सुनाउनुभयो ।

भिडियो –

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.