राजनीति
न्यायाधीश कुमार रेग्मीको बरिष्ठतम् पद खोसियो
न्यायाधीश कुमार रेग्मीको बरिष्ठतम् पद हटेको छ । सर्वोच्च अदालतमा डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश बनेसँगै न्याय परिषद् सदस्य रहेका रेग्मीको बरिष्ठतम् पद हटेको हो ।
त्यस्तै न्यायाधीश रेग्मीको सदस्यता समेत खोसिएको छ । यसअघि कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधान रहेका बेला उहाँले न्याय परिषद् सदस्यमा बरिष्ठतम् न्यायाधीशमा रेग्मीलाई सिफारिस गर्नुभएको थियो । मङ्गलबर देखि सपना कामु प्रधानन्यायाधीशबाट हटेर प्रधान बरिष्ठतम् न्यायाधीश बन्नुभएको छ ।
यस्तै न्यायाधीश सपनालाई सर्वोच्च प्रशासनले एनेक्स भवनको तेस्रो तलामा च्याम्बर रहने व्यवस्था गरेको छ ।





प्रतिक्रिया राख्नुहोस्