जन सरोकार

त्रिविका हरेक क्याम्पसमा ‘स्मार्ट’ कक्षा सञ्चालन गरिने

त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्ममा आफ्ना आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा कम्तीमा एउटा स्मार्ट कक्षा सुरु गर्ने भएको छ ।

नेपालस्थिति युनेस्को कार्यालय, चिनियाँ कम्पनी म्याक्स हबको सहयोगमा यो कक्षा सुरु गर्न लगिएको हो । विश्वविद्यालयको कीर्तिपुरस्थित शिक्षा शास्त्र केन्द्रीय विभागमा स्मार्ट कक्षाको आज उद्घाटन गर्दै उपकुलपति प्रा डा सुशील बज्राचार्यले सो जानकारी दिनुभएको हो ।

कक्षामा हुने पठनपाठनलाई एकोहोरो पढाउने शैलीबाट मुक्त गरी अन्तरक्रियात्मक बनाउन स्मार्ट कक्षा आवश्यक भइसकेको उहाँले बताउनुभयो ।

“पछि क्रमशः सबै कक्षाहरुलाई स्मार्ट प्रविधि प्रयोग गर्दै स्मार्ट कक्षामा परिणत गर्दै लगिने छ”, उहाँले भन्नुभयो । यसले पठनपाठन र समग्र शैक्षिक नतिजाकै सुधारमा ठूलो मद्दत हुने उहाँको भनाइ छ ।

इन्यिनियरिङ अध्ययन संस्थानमा लामो समय प्राध्यापन गर्नुभएका उपकुलपति बज्राचार्यले त्यहाँ स्मार्ट प्रविधिको प्रयोग निकैअघि देखि भएको जानकारी दिँदै त्यसको अनुभवका आधारमा सबै क्याम्पसमा स्मार्ट कक्षा सञ्चालन गर्न खोजिएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.