क्रिकेटखेल

विश्वकप क्रिकेट लिग-२ : अमेरिकाविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गतको अन्तिम खेलमा अमेरिकाविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको अमेरिकाले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।

नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलाको आज अन्तिम खेल हो । सिरिजमा तीन खेल खेल्दा दूइन जित र एकमा हार व्यहोरेको छ भने अमेरिकाले तीन खेलमा एकमा जित र दुईमा हार र चार खेल खेलेको स्कटल्याण्डले एकमा जित र दुईमा हार व्यहोरेको छ ।

आजको खेलमा नेपाल अमेरिका लाई पराजित गर्दै विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुने सम्भावनालाई जीवितै राख्न चाहन्छ भने अमेरिका पनि नेपाललाई पराजित गर्ने सुरमा रहेको छ ।

आइसिसी क्रिकेट विश्वकप लिग–२ को अङ्क तालिकामा नेपाल पाँचौं स्थानमा छ भने अमेरिका शीर्ष स्थानमा रहेको छ । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै नौ वटा खेल जित्नुपर्छ भने एकदिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनु आवश्यक छ । त्यसैले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ ।

नेपाल २७ खेलपछि १० मा जित, १५ मा हार र दुई खेलमा अनिर्णित हुँदै २२ अङ्कका साथ तालिकाको पाँचौं स्थानमा छ । साथै अमेरिका २७ खेलमा १९ जित र ८ हार सहित ३८ अंक जोड्दै शीर्ष स्थान रहेको छ ।

नेपालको प्लेइङ-११
इशान पाण्डे, आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.