आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिको अन्तिम खेलमा आज नेपाल र अमेरिका भिड्दै छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ ।
नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलाको आज अन्तिम खेल हो । सिरिजमा तीन खेल खेल्दा दूइन जित र एकमा हार व्यहोरेको छ भने अमेरिकाले तीन खेलमा एकमा जित र दुईमा हार र चार खेल खेलेको स्कटल्याण्डले एकमा जित र दुईमा हार व्यहोरेको छ ।
आजको खेलमा नेपाल अमेरिका लाई पराजित गर्दै विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुने सम्भावनालाई जीवितै राख्न चाहन्छ भने अमेरिका पनि नेपाललाई पराजित गर्ने सुरमा रहेको छ ।
आइसिसी क्रिकेट विश्वकप लिग–२ को अङ्क तालिकामा नेपाल पाँचौं स्थानमा छ भने अमेरिका शीर्ष स्थानमा रहेको छ । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै नौ वटा खेल जित्नुपर्छ भने एकदिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनु आवश्यक छ । त्यसैले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ ।
नेपाल २७ खेलपछि १० मा जित, १५ मा हार र दुई खेलमा अनिर्णित हुँदै २२ अङ्कका साथ तालिकाको पाँचौं स्थानमा छ । साथै अमेरिका २७ खेलमा १९ जित र ८ हार सहित ३८ अंक जोड्दै शीर्ष स्थान रहेको छ ।




प्रतिक्रिया राख्नुहोस्