क्रिकेटखेल

गुजरातसँग पराजित हुँदै चेन्नई आइपिएलबाट बाहिरियो

चेन्नई सुपर किंग्स भारतमा जारी १९औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपिएल) बाट बाहिरिएको छ । बिहिबार राति भएको खेलमा गुजरात टाइटन्ससँग ८९ रनले पराजित हुँदै चेन्नई प्रतियोगिताबाट बाहिरिएको हो ।

गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट रंगशालामा भएको खेलमा पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २९ रन बनाएको थियो । गुजरातका लागि साई सुदर्सनले ५३ बलमा ७ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ८४ रनको अर्धशतकीय पारी खेले भने कप्तान शुभमन गिल ३७ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ६४ रनको अर्धशतकीय इनिङ खेले ।

त्यस्तै जोस बटलर २७ बलमा ५७ रनमा अविजित रहँदा वासिङ्टन सुन्दरले ७ रन बनाए । चेन्नईका लागि मुकेश चौधरी, स्पेन्सर जोनसन र अन्शुल कम्बोजले समान एक-एक विकेट लिए । गुजरातले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको गुजरातले १३.४ ओभरमा सबै विकेट गुमाएर १ सय ४० रन मात्र बनाउन सक्यो ।

चेन्नईका लागि शिभम दुवेले १७ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ४७ रन बनाए भने म्याथ्यु शर्टले २४ रन जोडे । यस्तै कार्तिक शर्मा र अन्शुल कम्बोज समान १९ -१९ रन जोड्दा कप्तान रितुराज गायकवाडले १६ रन बनाए । गुजरातका लागि रशिद खान, मोहम्मद सिराज र कागिसो रबडाले समान तीन-तीन विकेट लिए ।

जितसंगै गुजरात१४ खेलबाट १८ अंक जोड्दै दोस्रो स्थानमा छ भने चेन्नई १४ खेलमा १२ अंक जोड्दै सातौं स्थानमा रहेको छ । समान अंक भएको रोयल च्यालेन्जर्स बेंगलुरुसँग रनरेटमा तल परेर गुजरात दोस्रो स्थानमा छ । त्यस्तै प्रतियोगिताबाट बाहिरिने टिममा चेन्नईसहित मुम्बई र लखनउ रहेका छन् ।

प्रतियोगिता अन्तर्गत आज राति नेपाली समयनुसार पौने आठ बजे रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबाद भिड्दै छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.