एमाले सचिवालय बैठक भोलि पुनः बस्ने
नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठकमा शुक्रबार पाँच उपाध्यक्षहरूले समीक्षात्मक धारणा प्रस्तुत गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शुक्रबार बिहान ११ः०० बजे बसेको केन्द्रीय सचिवालय बैठकमा छ घण्टाभन्दा बढी पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा घनिभूत छलफल गरिएको छ ।
साँझ बैठकपछि सञ्चारकर्मीलाई बैठकबारे जानकारी दिँदै पार्टीका उपमहासचिव लेखराज भट्टले पार्टीको अहिलेको अवस्थासम्मको समग्र समीक्षा र निर्वाचनका बारेमा लामो छलफल भएको बताउनुभयो ।
आजको बैठकमा पाँच जनाले लामो समय लिएर बोलेको र अझै १२ जनाले बोल्न बाँकी रहेको बताउँदै उहाँले नेताहरूको कार्यविभाजनको विषय आजको बैठकमा प्रवेश नपाएको जानकारी दिनुभयो । सचिवालयको अर्को बैठक भोलि बिहान ११ः३० बजे गुण्डुस्थित अध्यक्ष निवासमा पुनः बस्ने गरी स्थगन भएको उहाँले जानकारी दिनुभयो ।




प्रतिक्रिया राख्नुहोस्