स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन अर्थ मन्त्रालयलाई संसदीय समितिको निर्देशन
प्रतिनिधिसभा, उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न र विद्यमान कर तथा भन्सार महसुलको पुनरावलोकन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको शुक्रबारको बैठकले उक्त निर्देशन दिएको हो । समिति सभापति रहबर अन्सारीले नेपाली उद्योगले लामो समयदेखि आफ्नो प्रतिस्पर्धात्मक क्षमता घट्दै गएको गुनासो गरिरहेको सन्दर्भमा समितिले उक्त निर्देशन दिएको जानकारी दिनुभयो ।
कच्चापदार्थ आयात गर्दा लाग्ने उच्च कर र भन्सार महसुलका कारण नेपालमै उत्पादित वस्तुको लागत महँगो हुन गई आयातित वस्तुहरूसँग प्रतिस्पर्धा गर्न कठिन भइरहेको स्वदेशी उद्योगीको गुनासो छ ।
उद्योगीहरूको यसै गुनासो र समस्यालाई सम्बोधन गर्न समितिले आज उद्योगमन्त्रीको उपस्थितिमा राजस्व सचिव, भन्सार विभागका महानिर्देशकसहित सम्बन्धित उद्योगी तथा प्रतिनिधिसँग छलफल गरेको थियो ।




प्रतिक्रिया राख्नुहोस्