अर्थ

एक हजारले घट्यो सुनको मूल्य, आज कति छ तोलाको ?

स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजारले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला रु दुई लाख ९१ हजार ५०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु दुई लाख ९० हजार ५०० निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । मङ्गलबार प्रतितोला रु पाँच हजार ६० मा कारोबार भएको चाँदी आजका लागि भने रु पाँच हजार ८० निर्धारण भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.