बिचार

घूयत्रो- ‘फेरिंदै वलीका खामा-खुट्टा’

केपी वलीलाई दम्भी, अहंकारी, तानाशाही र झोलेपरस्त राजनीति गर्न खुलेर आडभरोसा दिनेमा खास गरी शंकर पोखरेल, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, महेश बस्नेत, पद्मा अर्याल र नेपथ्यबाट (कैल्यै पनि चुनाव नजित्ने मान्छे) विष्णु रिमाल हुन ।

यिनीहरु जस्ता असति खामा-खुट्टाका कारण अरु जतिसुकै साथिहरुले उनलाई गलत बाटोमा जान रोक्न खोज्दा र खबरदारी गर्दा न वली टस्कोमस् भएनन् ।

कसैसित झुक्न नजान्ने वली त्यत्रो जेनजी आन्दोलनमा सत्तै छोडेर भाग्दा र सत्ता गुम्दा त उनलाई पछुतो भएन र पूरा गर्वका साथ महेस बस्नेतलाई सडक र सामाजिक सन्जालभरि कुदाएर “केपी शर्मा वलीले जे गरे ठिक गरे” भन्न लगाएर झोलेहरुबीच आफ्नो वाहवाही गाउन लगाए ।

वलीकै कारण सत्ता गुम्यो, बास गुम्यो, देशका ईतिहास गुमे, व्यक्तिका सम्पति जले मान्छे बेघरबार भए तर उनले रतिभर पनि यो सब आफ्नो कारणले भयो भन्ने महसुस कहिँकतै गरेनन ।

उल्टै महा अधिवेशन गरेर विधाननै संसोधन गरी २ पटक मात्र हुन पाइने पाटी अध्यक्षको व्यवस्थालाई खारेज गरेर आफ्नो दलभित्रको बहुमतको नाङ्गो नाँच नाचेर उनका विपक्षीहरुमा २ जनालाई मात्र चुनाव जित्न दिएर अरु कसैलाई पनि चुनावमा ल्याउन नदिन झोलेहरुलाई कडा आदेश गर्दै वलीले खेलेको महाधिवेशनीय नौटंकिले नि धेरैलाई आतंकित बनायो ।

ऐले पनि त्यस्तै दम्भीखाले सरकार देशमा उदाएको छ । जेनजी, परिवर्तन र दुईतिहाईका नाममा ऐले बालेन जसरी सरकार चलाउँदैछन यो व्यवहारले स्वदेशीन्दा नि विदेशी र छिमेकीलाई चिढ्याई रहेको छ ।

हामी छिमेकीका भरमा बाँच्ने मान्छेले छिमेकीसित सिँगौरी खेलेर जीवन धान्न सकिँदैन । देशका विपक्षि दलका रिसले छिमेकीसित पाखुरा सुर्किन खोज्दा हिजो वलीका पालामा भारत जुन ब्यवहारमा उत्रिएको थियो त्यै ब्यवहारमा उत्रियो भने यौटा बालेनका कारण सिंगो नेपालीले दुख पाउँछन त्यो पनि यो युवा भनिने सरकारले बुझ्नु पर्दछ ।

यो सरकार जनतालाई दुख दिन बन्या हो कि सुख दिन त्यै कुरालाई मध्यनजर राखेर सबैसित व्यवहार गरोस भन्ने कुरा नेपाली जनता चाहन्छन । वलीलाई अध्यक्ष नबनाए सारा सृष्टि नै प्रलय हुन्छ भन्ने पृथ्वी गुरुङ, शंकर पोखरेल विष्णु पौडेल र रिमाल जस्ता मान्छेहरुका कारण देशमा जेनजी आन्दोलनको जन्म भयो ।

ऐले वलीलाई अध्यक्ष पद छोडन विन्ती विसाउँदै गर्ने समुहले हिजो वलीलाई समयमै राजीनामा गर्न लगाएको भए न त देश जल्थ्यो न सिंहदरवार र अदालत जल्थे न व्यक्तिगत सम्पति जलेको हेरेर सुरक्षा निकाय र जिल्ला प्रशासनहरु बस्थे ।

समय र अवस्थाको मुल्यांकन गरेर निर्णय गर्न नसक्दा देशमा अस्थिर राजनीति ले घरजमाई रहेकोछ । सुन्दा अचम्मै लाग्न सक्छ । माथि उल्लेखित वलीका प्रियपात्रहरु ऐले भडकिनुका पछाडि कतै बालेनले सरकाराँ २५ वर्ष खाने अनि वलीले पाटियाँ २५ वर्ष खाने अवस्था आयो भने हाम्ले आजसम्म राजनीति गर्या के काम भो भन्दै सदनभित्रका एमालेहरु सदनभित्र र बाहिरका एमालेहरु वलीसित जोरी खोजेको जस्तो नि देखिँदै छ । सरकाराँ जान जनताले नदिने अनि पाटी नेतृत्व वलीले नछोडने भएछि राजनीतिबाट झिटिगुन्टा समातेर जानूपर्ने स्थितिले गर्दा विचरा गुरुङ, पौडेल, पोखरेल त्रसित छन ।

त्यति मात्रै हो र हिजो वलीका फन्दाँ लाएर विद्या भण्डारीलाई पाटीको टिकटै नदिने खेल खेलियो । ऐले अब वलीले विद्यालाई टिकट दिइहाले कतै आजसम्म वलीका गोडाधुने र हुने नहुने हर्कताँ सामेल हुने हामी तर वलीले पद छोडेर जाने बेलाँ फ्याट्ट लाएर विद्याका हाताँ पार्दिने त हैनन् भन्ने आशंकाले नि यिनरले वलीलाई अध्यक्षाट निकाल्न बल गर्या नि हुन सक्दछ ।

तर चिन्ता नगरम नेताजीहरु वली अँझै २५ वर्ष पाटि चलाउन सक्षम छन् । उनले आँफै भनिसके ूम अँझै २५ वर्ष पाटी चलाउँछु, तपाईँहरु जस्ता फिस्टेले मेरो राजिनामा माग्ने हैन , बरु अधिवेशन बोलाउने र तागत भए मलाई त्यैँबाट हटाउने ू । अब सम्भवतः ओलीले अब आफ्ना लम्पटहरु फेर्न सक्छन ।

पैले घेरिएको झुण्ड अब बाहिर बस्ने र वलीका लागि लम्पट बनिदिन अरु नै आउँछन होला । वलीलाई हटाउन त्यति सजिलो छैन । उनले हिजो धेरै लगानि गरिसकेका छन् । लगानी खानेहरुले अब वलीलाई बचाउने पर्यत्न गर्नेछन र हिजो भित्र हुने आज बाहिर र आज बाहिर भएकाहरु अब भित्र बसेर वलीको २५ वर्षे खेल हेर्ने हो ।

खेल हेर्न कार्यकर्ता र झोलेहरुलाई मात्रै फ्रि हैन कि हाम्लाईनि फ्रि छ आउनोस अबका २५ वर्ष वलीले पाटीमा के के वितण्डा मच्चाउँछन् र बालेन सरकाराँ कस्तो खिचडी पकाउँछन त्यो खिचडी खानै नपाएनि हेर्न त पाइएला नि । अब एकातिर वलीका झोलेहरु थपडी बजाउँदै जान्छन अनि बालेन छिमेकीसित निहुँ खोज्दै जान्छन अन्ततः परिणाम सुखद आउँदैन ।

फेरि देश अस्थिरताको चुलिमा पुग्छ अनि फेरि त्यै हो वली ईज वली , उई आर ओली का झोली, कुनै दिन त भरियला यो झोली । जब आउलान सत्ताँ वली, तब हाम्रो नि त बिक्ला बोली । नेपालको राजनीति काँ पुग्ने र काँ टुङ्गिने अत्तो पत्तो छैन त्यसैले त वलीले भनेका होलान् अँझै २५ वर्ष खान्छु हेरम २५ वर्ष वलीले खान्छन कि बालेनले । हाम्रो काम उहीँ अर्काले खा हेर्ने, बस्ने त रैछ । अस्तु !

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.