राजनीति

सभापति रवि लामिछानेसहित रास्वपाका यी सांसद आयोगको अनुसन्धानको घेरामा

राष्ट्रिय मानवअधिकार आयोगले रास्वपाका सभापति रवि लामिछाने, प्रवक्ता मनिष झा, सचिवालय सदस्य हरि ढकालसहितलाई कारबाही गर्न सिफारिस गरेको छ । बुधबार आयोगले जेनजी आन्दोलन सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै यस्तो सिफारिस गरेको हो ।

आयोगले सभापति लामिछाने, झा र ढकाललाई तथ्य विश्लेषण प्रकरण १५ बमोजिम सिफारिस १४ (घ) अनुसार कारबाही सिफारिस गरेको हो । प्रतिवेदनमा भनिएको छ, “तथ्य र विश्लेषण खण्डको प्रकरण नं.३० मा उल्लेख भएका व्यक्तिहरूलाई सिफारिस १० अनुसार अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न सिफारिस गरिएको छ ।”

त्यस्तै कारबाहीको सिफारिस गरिएका रास्वपाका अन्य सांसदहरूमा गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, कृष्ण कार्की, डा.तोषिमा कार्की, राजीव खत्री, केपी खनाल, दीपक बोहरा, ज्वाला सङ्ग्रौला, पुरुषोत्तम यादव, सुधन गुरुङ र आशिका तामाङ रहेका छन् ।

प्रतिवेदनमा भनिएको छ, “भाद्र २३ र २४ गतेको घटनामा भएको मानवीय र भौतिक क्षति समेतका कार्यमा निजहरूको संलग्नता रहे नरहेको, निजहरूको अभिव्यक्तिबाट समेत प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे नपरेको, सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम भए नभएको वा सोको दुरुत्साहन भए नभएको सम्बन्धमा सूक्ष्म अनुसन्धान गरी सम्बन्धित व्यक्ति तथा आम नागरिकलाई सुसूचित गराई उल्लिखित व्यक्तिहरूको स्वच्छ सुनुवाइको हक अधिकारको सुनिश्चितता सहित अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न सिफारिस गरिएको छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.