नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार मकाउको ग्यालेक्सी एरेनामा भएको ब्यान्टमवेट विधाको क्वाटरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई हराउँदै रविन्द्र रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
विश्व प्रतिष्ठित च्याम्पियनसिप युएफसीको छनोट प्रतियोगितामा उनले सोझो जित निकालेका हुन् । ‘बझाङको बाघ’ भनेर समेत चिनिने रविन्द्र युएफसीमा विजयी हुने पहिलो नेपाली फाइटर बनेका छन् ।
पछिल्लो समय नेपाली एमएमएमा सबैभन्दा चर्चित फाइटरको रुपमा चिनिएका रविन्द्रले अब सेमिफाइनलमा जापानका योनुसुके मिनामी र न्युजिल्यान्डका कासिब मुर्डोकबीचको विजेतासँग खेल्नेछन् । रोड टू युएफसीमा आबद्ध हुनुअघि व्यावसायिक एमएमएमा रविन्द्रका नाममा ९ जित र १ हारको रेकर्ड थियो ।




प्रतिक्रिया राख्नुहोस्