अर्थ

सार्वजनिक निजी साझेदारी मोडलमा धौवादी फलामखानी सञ्चालन गरिने

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को हुप्सेकोटमा रहेको फलाम खानी सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गरिने भएको छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै हुप्सेकोटमा रहेको फलाम खानीलाई सार्वजनिक निजी साझेदारीमा मोडलमा सञ्चालन गरिने बताउनुभएको हो ।

“धौवादी फलामखानीमा रहेको सरकारको सेयर अंश घटाई सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गर्ने कार्य अगाडि बढाउनेछौँ”, उहाँले भन्नुभयो । सिँचाइ पूर्वाधार विकासतर्फ नवलपुर र चितवन हुँदै बग्ने नारायणी नदीमा नारायणी सिँचाइ आयोजना पुनःस्थापनाका लागि बजेट विनियोजन गरेको अर्थमन्त्री डा वाग्लेले जानकारी दिनुभयो ।

“नारायणी, गण्डक, कोशी पम्पलगायत सिँचाइ प्रणालीको मर्मतसम्भार तथा पुनःस्थापनाका लागि रु ४४ करोड विनियोजन गरेको छु”, उहाँले भन्नुभयो । सुस्तगतिमा विस्तार भइरहेको नारायणघाट-बुटवल सडकखण्ड आगामी आवमा सम्पन्न हुने उहाँले बताउनुभयो । “पूर्वपश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्ड र पृथ्वी राजमार्गको मुग्लिन–दमौली–पोखरा खण्ड शीघ्र सम्पन्न गर्नेछौँ”, उहाँले भन्नुभयो ।

नवलपुरको त्रिवेणीधाम-देवघाट, रुरु क्षेत्र-कागबेनी, मुक्तिनाथ र दामोदर कुण्डलाई एकीकृत गर्दै शालिग्राम पथ विकास गर्ने अर्थमन्त्री डा वाग्लेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.