अर्थ

बाल सुधारगृहको पूर्वाधार तथा व्यवस्थापन गरिने

सरकारले बाल सुधारगृहको पूर्वाधार तथा व्यवस्थापन गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै बाल सुधारगृहको पूर्वाधार तथा व्यवस्थापन गर्न रु ३१ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो ।

दुर्गम क्षेत्रका ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी र नवजात शिशुको हवाई उद्धार गर्न रकम विनियोजन गर्नाका साथै महिला उद्यमशीलता विकासका लागि स्थानीय तहमा जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन गर्ने सरकारको योजना छ ।

बजेट वक्तव्यमा दुर्गम क्षेत्रका ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी र नवजात शिशुको हवाई उद्धार गर्न रकम विनियोजन गरिएको छ । मन्त्री वाग्लेले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकतर्फ रु दुई अर्ब २७ करोड विनियोजन गर्नुभएको छ ।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने कार्य आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने व्यवस्था मिलाउने भएको छ । आर्थिक बजेटमा भनिएको छ, “आदिवासी जनजाति समुदायको संस्कृति संरक्षणका लागि कीर्तिपुरस्थित सङ्ग्रहालयको विस्तार गर्नेछौँ, दलित समुदायको परम्परागत मौलिक सीप, कला तथा पेसाको प्रवद्र्धन गर्न मधेस, कर्णाली र सुदूरपश्चिमका सघन दलित बस्तीलाई लक्षित गरी नमूना ‘होमस्टे’ सञ्चालन गर्नेछौँ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.