जापानमा नेपाली विद्यार्थी अमन अधिकारी सम्पर्कविहीन
जापानको राजधानी टोकियोस्थित एभरेस्ट इन्टरनेशनल स्कुलमा कक्षा ९ मा अध्ययनरत नेपाली विद्यार्थी अमन अधिकारी शुक्रबार साँझदेखि सम्पर्कविहीन हुनुभएको छ ।
प्राप्त जानकारीअनुसार अधिकारी शुक्रबार बिहान करिब ८ः२० बजे विद्यालय गएका थिए। साँझ करिब ५ बजे विद्यालयबाट निस्किएपछि उनी घर नपुगेको र त्यसयता सम्पर्कमा नरहेकाले परिवारले खोजी कार्य जारी राखेको जनाएको छ।
अधिकारी सम्पर्कविहीन भएपछि खोजी कार्यमा सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले सार्वजनिक अपिल जारी गरेको छ।
एनआरएनए जापानले जापानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई खोजी कार्यमा सहयोग गर्न आग्रह गरेको छ। परिवार तथा सम्बन्धित निकायले अधिकारीको खोजी जारी राखेको जनाइएको छ।
अधिकारीलाई कसैले देखेमा वा उनको अवस्थाबारे कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय, परिवार, विद्यालय वा एनआरएनए जापानलाई तत्काल जानकारी गराइदिन अनुरोध गरेको छ।




प्रतिक्रिया राख्नुहोस्