जन सरोकार

भक्तपुर नगरव्यापी दाफा प्रदर्शनी सम्पन्न

भक्तपुर नगरपालिकाद्वारा आयोजित ‘भक्तपुर नगरव्यापी दाफा प्रदर्शनी २०८३’ मा उत्कृष्ट पाँच टोलीलाई सम्मान गरिएको छ । भक्तपुरमा शुक्रबार सुरु भएर शनिबार सम्पन्न प्रदर्शनीमा ४६ टोलीले विभिन्न दाफा भजन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं पूर्वसांसद प्रेम सुवालले यहाँको ऐतिहासिक, सांस्कृतिक तथा कलात्मक महत्वबारे चर्चा गर्नुभयो । कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले यहाँका मूर्त तथा अमूर्त सम्पदाको संरक्षण एवं संवर्द्धनमा निरन्तरता दिँदै आएको बताउनुभयो ।

सम्पदा पुनर्निर्माणमा नगरपालिकाले विदेशी सहयोग नलिएको र जनताको सहयोग एवं सहभागितामै काम गरिरहेको भन्दै उहाँले नगरपालिकाले एक सय ७८ सम्पदाको पुनर्निर्माण सम्पन्न गरिसकेको बताउनुभयो ।

दाफा प्रदर्शनीमा उत्कृष्ट घोषित कुथुछे दाफा भजन, खिँछे दाफा भजन, ज्याथा गणेश दाफा भजन, लाकोलाछें चपाल दाफा भजन र लाकोलाछें त्वाले दाफा भजनलाई उत्कृष्ट घोषणा गरी लालाखिङ, तँ, झ्यालिन्चा र प्रत्येक टोलीलाई रु १५ हजार पुरस्कार प्रदान गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.