राजनीति

रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत

राष्ट्रिय स्वतन्त्र पार्टी पाँचथरको प्रथम अधिवेशनले प्रकाश गुरुङको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

रास्वपा

आइतबार फिदिमस्थित जिल्ला समन्वय समिति पाँचथरको सभाहलमा सम्पन्न प्रथम अधिवेशनले गुरुङको सभापतित्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । समितिको उपसभापतिमा सहरसिंह तामाङ, सचिवमा कुशल जबेगु, सहसचिवमा कविहाङ सेलिङ र कोषाध्यक्षमा सिर्जना रिजाल निर्वाचित हुनुभएको छ ।

यस्तै, सदस्यहरुमा ज्ञानेन्द्र रसाइली, रुद्र चम्लागाईं, रेखा लावती, सविना राई, ईश्वरीप्रसाद निरौला, प्रयागराज सुवेदी, खगेन्द्र सिग्देल र इन्द्र्र लावती निर्वाचित हुनुभएको छ ।

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा महेन्द्रविक्रम थाम्सुहाङ, चन्द्रराज आङ्देम्बे, भीम शिवाकोटी र माया चौहान तथा प्रदेश अधिवेशन प्रतिनिधिमा लक्ष्मण लावती र सिर्जना रिजाल निर्वाचित हुनुभएको छ ।

यसैगरी, ३२ वटा विभाग गठन भएको नवनिर्वाचित सहसचिव कविहाङ सेलिङले जानकारी दिनुभयो । नयाँ कार्यसमितिका सभापति गुरुङ र उपसभापति तामाङ पुरानै जिम्मेवारीमा दोहोरिनुभएको हो ।

अधिवेशन उद्घाटन कार्यक्रममा जिल्लास्थित विभिन्न दलका प्रतिनिधिले शुभकामना मन्तव्य राखेका थिए । उद्घाटन कार्यक्रममा विभिन्न दल तथा स्वतन्त्र व्यक्ति प्रवेश गरेको रास्वपा पाँचथरले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.