राजनीति

रास्वपा चितवनको सभापतिमा खनाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनको सभापतिमा इन्जिनियर मिनीमाधव खनाल निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न प्रथम जिल्ला अधिवेशनले खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

राति अबेर सम्पन्न मत गणना अनुसार खनाल दुई सय २२ मतसहित विजयी हुनुभएको हो । प्रतिस्पर्धी कृष्णप्रसाद भुसालले एक सय ११ मत प्राप्त गर्नुभयो भने अर्का प्रत्याशी प्रकाश आचार्यले २२ मत प्राप्त गर्नुभएको थियो । भुसाल निवर्तमान जिल्ला सभापति हुनुहुन्छ ।

यसैगरी, उपसभापति पदमा निर्मला गिरी एक सय ९० मतसहित निर्वाचित हुनुभयो भने प्रतिस्पर्धी टीकादत्त इटनीले ८४ मत प्राप्त गर्नुभयो ।

सचिव पदमा तेजेन्द्रप्रसाद पौडेल एक सय ९४ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी नेत्र लामिछानेले एक सय ४५ मत प्राप्त गर्नुभयो । सहसचिवमा कुशल पाठक एक सय ८७ मतका साथ विजयी हुनुभयो भने प्रतिस्पर्धी पार्वती पाण्डेले ६९ मत प्राप्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.