जन सरोकार

धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना

गुठी संस्थानले धनुषा जिल्लाभित्र रहेका राजगुठीका मठ–मन्दिर परिसर, पोखरीका डिल तथा गुठी तैनाथी जग्गामा भएको अतिक्रमण तत्काल हटाउन जरुरी सार्वजनिक सूचना जारी गरेको छ ।

संस्थानद्वारा शनिबार जारी सूचनाअनुसार धनुषा जिल्लाका विभिन्न स्थानमा रहेका राजगुठीका मठ–मन्दिर परिसर, पोखरीका डिल तथा गुठी तैनाथी जग्गा केही व्यक्ति तथा संस्थाले अनधिकृत रूपमा अतिक्रमण गरी संरचना निर्माणसमेत गरेर भोगचलन गरिरहेको पाइएको छ ।

यस्तो कार्यले सार्वजनिक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षणमा चुनौती सिर्जना गरेको भन्दै गुठी संस्थानले सम्बन्धित सबैलाई तत्काल अतिक्रमण हटाउन आग्रह गरेको छ । सूचनाको अवज्ञा गरी अनधिकृत संरचना वा कब्जा कायम राखिएमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही अघि बढाइने संस्थानले स्पष्ट गरेको छ ।

गुठी संस्थानले राजगुठीअन्तर्गतका मठ–मन्दिर, पोखरी तथा गुठी जग्गाको संरक्षण र व्यवस्थापन सबै सरोकारवालाको साझा दायित्व भएको उल्लेख गर्दै सार्वजनिक सम्पत्तिको संरक्षणमा सहयोग गर्न स्थानीयवासी, सम्बन्धित निकाय तथा अतिक्रमणकारीलाई आह्वान गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.