फिफा विश्वकप–२०२६ मा उरुग्वे र साउदी अरबले बराबरी खेलेका छन् । मंगलबार बिहान भएको खेलमा उरुग्वे र साउदी अरबले १-१ को बराबरी खेलेका हुन् ।
अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको ४१औं मिनेटमा अब्दुल्लाह अलाम्रीले गोल गर्दै साउदीलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-ओ मा सकिएको खेलमा दोस्रो हाफमा उरुग्वेले गोल गर्यो ।
क्गेल्को ८०औं मिनेटमा उरुग्वेका लागि म्याक्सी अराजोले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि थप समयमा कुनै टोलीबाट गोल भएन र खेल १-१को बराबरीमा सकियो । बराबरीसँगै समूह ‘एच’ मा उरुग्वे ,साउदी, स्पेन र केप भर्डेले समान एक-एक अंक जोडेका छन् । यस समूहको पहिलो खेलमा स्पेन र केप भर्डेले भने गोलरहित बराबरी खेलेका थिए ।
यसअघि मंगलबार भएको पहिलो खेलमा पनि बेल्जियम र इजिप्ट १–१ को बराबरी खेल्दै अंक बाँडेका थिए ।




प्रतिक्रिया राख्नुहोस्